★ ३ दिनमा करोडको ब्यापार देशमा मात्रै नभाई बिदेशमा पनि म चायो तहल्का “छड्के”ले

इनिसियल हान्न सफल सिनेमा ‘छड्के’ को ग्रस कलेक्सन करोड नाघेको छ । शुक्रबार, शनिबार र आइतबार गरी ‘छड्के’ ले करोड भन्दा माथिको ग्रस कलेक्सन गरेको निर्माता माधव वाग्लेले मेरो सिनेमा समक्ष दाबी गरे । निर्माता वाग्लेका अनुसार सिनेमाले रिलिजको दिनमा नेपाल भरबाट ५५ लाख माथिको ग्रस कलेक्सन गरयो । शनिबार ‘छड्के’ ले शुक्रबारभन्दा माथिको कलेक्सन गरेको उनको कथन छ । ‘छड्के’ ले सुरुवातमा गरेको यो व्यापारलाई नेपाली सिने बजारको अहिलेसम्मकै हाई ओपनिङ दाबी गरिएको छ । 

 

chhadke

क्यू.एफ.एक्स सेन्ट्रल सिनेमाजका म्यानेजिङ डिरेक्टर सुरेन्द्र थापा भन्छन्, ‘सिभिल मलको आज १२ बजेको सो पनि हाउसफूल रह्यो । सलमान खानको ‘दवगं २’ र अंग्रेजी सिनेमा ‘स्पाइडर म्यान’ ले गर्ने जत्तिकै कलेक्सन ‘छड्के’ ले गरिरहेको छ ।’ अर्कोतर्फ क्यू.एफ.एक्सकै वसन्त मानान्धर भने सिङ्गल स्क्रिनमा ‘छड्के’ को कलेक्सन सुरुवातमा भन्दा पछिका दिनमा मध्यम हुदै गएको जानकारी दिन्छन् । त्यस्तै पश्चिमका १५ वटा स्टेशनहरुमा ‘छड्के’ अहिले पनि रामै्र रफ्तारमा अगाडी बढिरहेको पोखराबाट वितरक केदार पराजुली जानकारी गराउँछन् । पूर्वको स्टेशनहरुमा भने ‘छड्के’ को व्यापार सोचे जस्तो उत्साहजन नभएको रिपोर्ट स्थानिय सिने जर्नालिस्ट संजीव भट्ट जानकारी दिन्छन् । 
 अहिलेसम्म भएको नेपालमाको व्यापार र ओभरसिज विक्रीबाट ‘छड्के’ ले लगानी रिकभर गरिसकेको निर्माता माधव वाग्लेको दाबी छ । ‘छड्के’ यू.के.मा पन्ध्र लाख, अष्ट्रेलियामा तीस लाख, कतारमा ६ लाख  र सिकागोमा साढे ३ लाखमा विक्री भइसकेको छ । ‘छड्के’ को अमेरिका रिलिजको लागी पनि मोटो रकममा डिल भइरको निर्माण यूनिटको दाबी छ । ‘छड्के’ ले आगामी दिनमा गर्ने कलेक्सन  नाफाको रहने निर्माता माधप वाग्ले बताउँछन् । निगम श्रेष्ठको निर्देशन रहेको यो सिनेमामा सौगात मल्ल, दयाह्याङ राई, अर्पण थापा, रविन तामङ, नम्रता श्रेष्ठ लगायतको अभिनय छ । दर्शकले ‘छड्के’ लाई मिश्रित प्रतिक्रिया दिइरहेका छन् । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s