★ नेपाली भुमीमा चाइनीज सिनेमाको सुटिङ – प्रोजेक्टको सुटिङ मार्चको १ तारिखदेखी चितवनबाट प्रारम्भ हुदै

फ्रेस लोकेन क्याच गर्न भन्दै केही नेपाली सिनेमा क्रिउ विदेश हाँकीने कुरा सार्वजनिक भइरहेको बेला चाइनीज सिनेमा क्रिउ भने सिनेमा खिच्न नेपाल आइपुगेको छ । ‘अप अन् द् विन्ड’ नाम दिइएको उक्त सिनेमाको क्रिउ चाइनाबाट गत सोमबार नेपाल ल्यान्ड गरेको हो ।

chitwan

सौराह, पोखरा र काठमाण्डौ शहरमा सुटिङ गर्ने उक्त प्रोजेक्ट क्रिउ अहिले नेपालमा गर्ने सुटिङको प्री प्लानमा व्यस्त छ । नेपाली लोकेशनमा ९० प्रतिशत छायाँकन गर्ने उक्त प्रोजेक्टको नेपालमा टेक्निकल निर्देशन आकाश अधिकारीले गर्दैछन् । चाइनीज प्रोजेक्टबारे टेक्निकल निर्देशक अधिकारी भन्छन्, ‘यो प्रोजेक्टको सुटिङ मार्चको १ तारिखदेखी चितवनबाट प्रारम्भ हुदैछ । हामीले नेपाल सुटिङको लागी ७० दिनको समय तालिका निकालेका छौ ।’

aakash adhikari

सबै जसो कलाकार चाइनाबाट आउने भएपनि केही कलाकार भने नेपालबाट पनि लिइने निर्देशक अधिकारीले बताए । तर भाषाका कारण कलाकार सेलेक्ट गर्न अप्ठ्यारो भइरहेको उनको भनाई छ । चाइनीज सुपरस्टार ज्याकी ज्याङको सिनेमा निर्माण कम्पनीका निर्माण नियन्त्रक रहने यस प्रोजेक्टले नेपालको पर्यटकीय व्यावसायलाई सघाउ पुर्याउनेछ । तर सिनेमाको स्टारी बारे भने अहिले केही पनि खुलाइएको छैन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s