सिनेकर्मीहरुको ४६ दिने आन्दोलनले आजबाट विश्राम पायो; सरकार र सिनेकर्मी बिच सहमती भयो

सिनेकर्मीहरुको ४६ दिने आन्दोलनले आजबाट विश्राम पाएको छ । सुचना तथा सञ्चारमन्त्री राज किशोर यादवसँग विभिन्न ११ वटा बुंदामा सहमती भएसगै चलिरहेको सिनेकर्मीहरुको आन्दोलन टुङगीएको हो । सञ्चार मन्त्रीसँग सहमती भएसँगै चलचित्र विकास वोर्डमा उत्रिएका कलारहरुको आमरण अनशन पनि तोडिएको छ । चलचित्र विकास वोर्डमा नायकद्धय मुकेश ढकाल, जय किशन बस्नेत, निर्देशक एम.एस अग्रज, सुर्य रेग्मी, कलाकार निला वस्नेत, चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमल्सिना गत मंगलबारदेखी अनशनरत थिए ।

sanchar mantri raj kishor yadav

सञ्चारमन्त्री राज किशोर यादवले अनशनरत सिनेकर्मीहरुलाई जुस खुवाइ माला लगाएर अनशन तोडाए । आन्दोलनकै क्रममा तयार गरिएको ‘चलचित्रकर्मी हौ हामी झुक्दौनौ’ बोलको गीतमा समेत नाचेका मन्त्री यादवले सहमती पश्चात बिचको समयमा देखिएको असमझदारीले आन्दोलनको रुप लिएको बताए । साथमा उनले सिनेकर्मीहरुको मागप्रती आफु सकारात्मक रहेको पनि भनाइ राखे । मन्त्री यादवले भने , ‘म मन्त्री या नेता जे भएपनि सिनमा उद्योगको हितको लागी मेरो ढोका जहिल्यै खुला रहनेछ ।’

aamaran ansan ma kalakar

त्यस्तै नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राज कुमार राईले सहमती भएका ११ वटा बुँदा २ महिनासम्म पनि कार्यन्वयनमा नआए पुनः आन्दोलन गर्ने चेतावनी दिए । चलचित्र कालाकार संघका अध्यक्ष नवल खड्का र निर्देशक आकाश अधिकारीले भने सहमती भएका मागहरु पुरा हुनेमा विश्वास व्यक्त गरे । त्यस्तै डाक्टरले हस्पिटल भर्ना हुनुपर्छ भन्दा पनि आफुहरु अनशन बसेको निर्देशक एम.एस अग्रजले बताए । डाक्टरबाट वि.पी हाई भएपछि अस्पताल जानुपर्ने सल्लाहा पाएका उनले भने , ‘२ महिना पछि पुनः हाम्रो वि.पी हाई नहोस् ।’ नव नियुक्त अध्यक्ष धर्मेन्द्र मरवैता उर्फ पप्पु भने भोली हुने सिनेकर्मीसँगको छलफल पश्चात मात्रै आइतबार चलचित्र विकास वोर्डमा जाने कार्यक्रम रहेको छ । 
 

naval khadaka

आन्दोलनरत सिनेकर्मीको तर्फबाट राज कुमार राई, नवल खड्का, रामकेशर वोगटी र सुचना तथा सञ्चार मन्त्री राज किशोर यादवबिच आज भएको सहमतीका बुँदाहरु यस प्रकार छन् :
१.चलचित्र विकास बार्डको स्वायत्तताको लागी हाल तयार भएको चलचित्र विधेयकको मसौदालाई चलचित्र क्षेत्रसँग सम्बन्धीत सरोकारवालाहरुसँग पुनः छलफल गरी २ महिनाभित्र अन्तिम रुप दिइनेछ ।  
२.चलचित्र विकास वार्डमा अध्यक्ष लगायतक सदस्य नियुक्त गर्दा चलचित्र क्षेत्रमा निरन्तर क्रियाशील विज्ञ व्यक्तीको नियुक्ति गरिनेछ ।
३.चलचित्र जाँच समिति (सेन्सर वोर्ड) मा वास्तविक चलचित्रकर्मीको नियुक्ति गरिनेछ ।
४.चलचित्र विकास वोर्ड तथा सेन्सर वोर्डमा नियुक्ति गर्दा चलचित्रसँग सम्बन्धित संघ संस्थासँग आवश्यक परामर्श गरिनेछ । 
५.उपर्युक्त बुँदा २, ३ र ४ का कुराहरु नियमावलीमै व्यवस्था गर्न नियमावली संशोधनको प्रकृया २ महिनाभित्र कार्यान्वयन गरिनेछ । 
६.यस अघि नै निर्णय भैसकेका बक्स अफिस र चलचित्र वर्गीकरण लगायत तत्काल कार्यान्वयन गर्न नसकिने विषयहरु दुई महिनाभित्र बोर्डबाट कार्यान्वयन गरिनेछ ।
७.चलचित्रको प्रदर्शनमा स्वदेशी चलचित्रलाई अग्राधिकार दिने सम्बन्धमा बोर्डले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी २ महिनाभित्र ठोस प्रस्ताव तयार गरी लागु गर्नेछ । 
८.वोर्डले सम्बन्धित सरोकारवालहरुसँग छलफल गरी कुनै पनि स्वदेशी वा विदेशी उत्पादको नेपालबाट प्रसारण तथा प्रचार हुने बिभिन्न प्रचार सामाग्रीको उत्पादन एवं प्रसारणमा नेपाली जनशक्ति अनिवार्य गर्ने संभाव्यता तथा विधिका सम्बन्धमा दुई महिनाभित्र ठोस प्रस्ताव पेश गर्ने ।
९.उपर्युक्त कुराहरु वोर्डबाट कार्यान्वयन हुनुपर्ने विषयहरु वोर्डले दुई महिनाभित्र कार्यान्वयन गर्नेछ । सो कार्यको अनुगमनका लागी सूचना तथा सञ्चार मन्त्रालय र बोर्डबाट एक एक जना प्रतिनिधि र ३ जना चलचित्रकर्मीहरु रहेको एक अनुगमन समिति रहनेछ । सो समितिले आफुले अनुगमन गर्दा देखिएका कुराहरु मन्त्रालय तथा बोर्डमा समय समयमा पेश गर्नेछ ।
१०.चलचित्र विकास वोर्डबाट गठन हुने बिभिन्न समिति वा उपसमितिहरुमा चलचित्र सम्बन्धी संघ संस्थाहरुसँगको परामर्शमा सम्बन्धीत चलचित्रकर्मीहरुको सहभागितामा गठन गरिनेछ । 
११.चलचित्र विकास वोर्ड र चलचित्र जाँच समितिको हालको संरचनालाई यस सहमती पत्रमा व्यक्त भावना अनुरुप हेरफेर गर्नका लागी बोर्डमा हाल नियुक्त अध्यक्ष माननीय मन्त्रीज्यूले आवश्यक पहलकदमी लिनुहुनेछ । 

raj kumar rai
 

sumina ghimire and aakash adhikari

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s