प्रर्दशन प्रक्रिया अनुसारनै सिनेमा ‘बधशाला’ अगाडी बढ्ने भयो

प्रर्दशन प्रक्रिया अनुसारनै सिनेमा ‘बधशाला’ अगाडी बढ्ने भएको छ । आज मण्डला थिएटरमा भएको सिनेमा सम्वद्ध विज्ञ तथा ‘वधशाला’ क्रिउबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । सिनेमा प्रदर्शन भन्दा अगाडी चलचित्र विकास वोर्डको सिफारिसमा सेन्सर वोर्डले सेन्सर गर्नुपर्ने हुन्छ । सिनेमा ‘वधशाला’ ले पनि यही प्रक्रियालाई फलो गर्नेछ ।

नेपाली सेनाको आग्रहमा रक्षा मन्त्रालयले सञ्चार मन्त्रालयलाई प्रदर्शनमा रोक लगाउनु भनि पत्राचार गरिसकेको अवस्थामा यो नियमित प्रक्रिया सम्भव छ त ? निर्देशक मनोज पण्डितले भने, ‘यदी नियमित प्रक्रियामा जाँदा सरकारी निकायबाट अवरोध सृजना भएको खण्डमा हामी सबैजना एकजुट भएर अगाडी बढ्ने निर्णय गरेका छौ ।’ सिनेमा प्रदर्शनमा रक्षाले लगाएको रोक विरुद्ध सर्वोच्च अदालतमा समेत पुग्ने बताउदै आएका निर्देशक पण्डितले ‘बधशाला’ फागुन २५ मै रिलिज हुने पनि प्रस्ट्याए ।

सिनेमा ‘वधशाला’ लाई रक्षाले लगाएको प्रतिबन्धका विषयमा छलफल गर्न मण्डला थिएटरमा निर्देशक पण्डित सहित निर्देशक छिरिङ रितार शेर्पा, निश्चल बस्नेत, प्रचण्डमान श्रेष्ठ, सिनेमा समीक्षक दिपेन्द्र लामा, राईटर अभिनाष शाह, निर्माता तथा वितरक माधव वाग्ले र ‘वधशाला’ क्रिउको सहभागीता थियो । स्म्यासिङ एप्पल प्रिजेन्स सिनेमा ‘बधशाला’ लाई मोहन डोटेलले निर्माण गरेका हुन् । शैलेन्द्र ध्वज कार्कीको सिनेम्याटाग्राफी रहेको यस सिनेमामा सौगात मल्ल, दयाह्याङ राई, अनुप बराल, अर्पण थापा, सरिता गिरी, समुना के.सी लगायतले अभिनय गरेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s