आन्दोलनरत सिनेकर्मीहरुलाई सुचना तथा सञ्चार मन्त्रालयले वार्तामा बोलाए

आन्दोलनरत सिनेकर्मीहरुलाई सुचना तथा सञ्चार मन्त्रालयले वार्तामा बोलाएको छ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव ध्रुव शर्मा सहित चलचित्र विकास वोर्डका नव नियुक्त अध्यक्ष धर्मेन्द्र मरवैता उर्फ पप्पुसँग वार्ता गर्न अहिले १० जना सिनेमा सम्वद्ध संघ संस्थाका प्रमुखहरुको टोली सञ्चार मन्त्रालयतर्फ जादैछ ।

Dhamendra Marweta pappu

१ महिना अगाडी बाट आन्दोलनमा उत्रिएका सिनेकर्मीहरु यसअघि उठाइएका ९ बुँदे मागहरुलाई शंषोधन गररेर वार्तामा जान लागेका हुन् । तर कुन कुन बुँदालाई संशोधन गरियो भन्ने बारे भने केही पनि खुलाइएको छैन । सञ्चारमन्त्री राज किशोर यादव सहभागी नहुने यस वार्तामा सिनेकर्मीको तर्फबाट सल्लाहाकार तथा संघर्ष समितिका संयोजकद्धय यादव खरेल र राजकुमार राई, सदस्यहरु आकाश अधिकारी, मौसमी मल्ल, नवल खड्का, योगेन्द्र श्रेष्ठ, सुरेश दर्पण पोखरेल, डिक खड्का लगायत सहभागी हुदैछन् । वार्ता सफल भए नव नियुक्त अध्यक्ष धर्मेन्द्र मरवैता आजै विकास वोर्ड जाने बुझिएको छ

 

त्यस्तै गत मंगलबारबाट पुनः आमरण अनशनमा उत्रिएका निर्देशक समाजका अध्यक्ष विमल पौडलाई पितृ शोक परेको छ । लामो समयदेखी मृगौलाको समस्याबाट प्रभावित ६७ वर्षिय निर्देशक  पौडेलका पिता ओम पौडेलको हिजो चितवनस्थित गृह नगरमा निधन भएको थियो । हिजो नै पिताको सदगद गर्न चितवन पुगेका निर्देशक पौडेलको ठाउँमा आज दिउँसो १२ बजेबाट कलाकार जय किसन वस्नेत आमरण अनशन बसेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s